१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर



काठमाण्डौ ।

जिल्ला वन कार्यालय बाराका तत्कालीन वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढका अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध जनही तीन लाख ६० हजार रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८ मंगलबार ००:००  ३ : ४२ बजे