१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फछर्यौटमा लगातार तेस्रो पटक उत्कृष्ट



बुटवल ।

लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फछर्यौटमा लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । बेरुजु फछर्यौट मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फछर्यौटमा निर्धारण गरेका लक्ष्य पुरा गर्दै विश्वविद्यालय उत्कृष्ट बनेको हो । उत्कृष्ट बनेको विश्वविद्यालयलाई अनुगमन समितिले पुरस्कृत गरेको छ ।

महालेखा परीक्षकको कार्यालयबाट भएको लेखा परीक्षणमा कुल अंकको १ प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने र विगतको वेरुजु फछर्यौटमा उत्कृष्टता कायम गर्ने निकायलाई समितिले पुरस्कृत गर्ने गर्दछ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आर्थिक वर्ष ०७६।०७६ को लेखा परीक्षणमा शून्य दशमलव ४० प्रतिशत मात्रै बेरुजु देखिएको छ । महालेखाले ५८ करोड २५ लाख ६४ हजारको लेखा परीक्षण गर्दा २३ लाख ४ हजार बेरुजु देखिएको छ ।

त्यस्तै विगतका वर्षहरुमा बेरुजु रहेको ३० लाख ८१ हजारमध्ये २२ लाख ४२ हजार फछर्यौट भएको विश्वविद्यालयले जनाएको छ । यो ७२ दशमलव ७७ प्रतिशत हो । अनुगमन समितिका अध्यक्ष एवं मुख्यसचिव शंकरदास बैरागीले विश्वविद्यालयका रजिष्ट्रार डा। तिलकराम आचार्यलाई १० हजारबाट पुरस्कृत गर्न सिफारिस गरेका छन् । अनुगमन समिति मुख्य सचिवको अध्यक्षतामा हुने व्यवस्था छ ।

विश्वविद्यालयले यसअघिका दुई आर्थिक वर्षमा पनि लक्ष्यअनुरुप बेरुजु फछर्यौट गरेको थियो । ०७५ साउनदेखि ०७६ असारसम्मको बेरुजुमध्ये विश्वविद्यालयले ७८ दशमलव शुन्य ३ प्रतिशत फछर्यौट गरेको थियो । आर्थिक वर्ष ०७४र०७५ को स्रेस्ता लेखा परीक्षणबाट शुन्य दशमलव शुन्य ८ प्रतिशत बेरुजु कायम गरेको भन्दै बेरुजु फछर्यौट मुल्यांकन तथा अनुगमन समितिले पुरस्कृत गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८ मंगलबार ००:००  १२ : २४ बजे