काठमाडौं ।
सरकारले आफूखुसी क्यालेण्डर छापेर बजारमा पठाउनेहरुलाई कडाइ गरेको छ । क्यालेण्डर तथा पात्रोको नियमन गर्ने अधिकार पाएको पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिई आगामी वर्षको लागि बजारमा क्यालेण्डर पठाउनेमाथि कडाइ गरेको हो ।
पञ्चांग निर्णायक विकास समिति गठन आदेश, २०७७ ले दिएको अधिकार प्रयोग गरी क्यालेण्डरमाथि कडाइ गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । बजारमा आफूखुसी क्यालेण्डर छापेर बेच्दा सार्वजनिक बिदा र अन्य सूचनामा समेत एकरुपता आउन छाडेपछि यसमा कडाइ गर्न लागिएको ढुंगेलले जानकारी दिए ।
ढुंगेलका अनुसार अहिले बजारमा स्वीकृति विपरीत छापिएका क्यालेण्डर जफत गरेर कारबाही गर्नका लागि समितिले अनुगमन सुरु गरिसकेको छ । बजारमा स्वीकृति विपरीतका क्यालेण्डर भेटिए जफत गर्ने र मन्त्रालयको निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाउन लागिएको ढुंगेलले जानकारी दिए ।
क्यालेण्डर छाप्नुपूर्व स्वीकृति लिनको लागि समितिले शुल्क तोकेको छ । जसमा मूल्यसूची नराखी आन्तरिक प्रयोजनको लागि छापिएको लागि ५ हजार रुपैयाँ र मूल्य राखेर बजारमा पठाउने क्यालेण्डरको लागि स्वीकृतिबापत १० हजार रुपैयाँ शुल्क तोकिएको ढुंगेलले जानकारी दिए ।
प्रतिक्रिया