१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

यौन सम्पर्क गर्न नमानेको भन्दै बाणगंगामा आफ्नै देवरले गरे भाउजुको हत्या



बाणगंगा ।

यौन सम्पर्क गर्न असहमत भए पछि कपिलवस्तुमा ६० वर्षीय महिलाको हत्या भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–१०, सोनपुरकी एकल महिला यशोधा लोनियाको हत्याको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीको अनुसार यशोधाको देवर वर्ष ४० को शम्धु लोनियाले माघ १० गते राति हत्या गरेका थिए ।

अत्याधिक मादक पदार्थ सेवन गरेको विषयमा शम्भु र पत्नी बिच विवाद भए पछि पत्नी माइती गएको दिन हत्या गरिएको थियो । पत्नी नभए पछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेको थिए । भाउजु देवरवीच सहमतीमा यौन सम्पर्क भएको र दोस्रो पटक लोनियाले यौन सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको बताए ।

उक्त घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन गरिएको इलाका प्रहरी कार्यालय पिपराको प्रहरी निरीक्षक दिनेश गुरुङले बताए । अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाको प्रहरी निरीक्षक केशवराज ज्ञवालीको संयोजकतामा टोली गठन गरिएको थियो । कपिलवस्तु प्रहरीले हत्याको सुक्ष्म अनुसन्धान गरी रहेको जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८ सोमबार ००:००  ७ : २८ बजे