१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वेस्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम टी-२० क्रिकेट श्रृङ्खलामा भारतको ‘क्लिन स्वीप’



काठमाडौं ।

भारतले वेस्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम टी-२० क्रिकेट श्रृङ्खलामा गरेको छ । भारतले वेस्ट इन्डिजलाई १७ रनले हराउँदै श्रृङ्खला ‘क्लिन स्वीप’ गरेको हो ।

१ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६७ रन मात्रै बनाउन सक्यो ।

वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रनको योगदान गरे भने, रोमारियो शेफर्डले २९ र रोभम्यान पावेल २५ बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका हर्षल पटेलले ३ विकेट लिए भने शार्दुल ठाकुर, भेनकटेश ऐर र दीपक चाहरले २–२ विकेट लिए । त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।

भारतका सूर्यकुमार यादवले ६५, भेनकटेश ऐरले ३५, इसान किशनले ३४ र र श्रेयस ऐरले २५ रन जोडे । वेस्ट इन्डिजका जेसन होल्डर, रोमारियो शेफर्ड, रोस्टन चेश, हेडेन वाल्स जुनियर र डोमेनिक ड्रक्सले १–१ विकेट लिए ।

भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८ सोमबार ००:००  ७ : १६ बजे