१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटः नेपालले आज क्यानडासँग खेल्दै



काठमाण्डौ ।

आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट ए तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । खेल दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।

नेपाल शीर्षस्थानमा रहेको छ । दुई खेलमा दुई अङ्क जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ । क्यानडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ । तर, नेपाल क्यानडासँग पराजित भए साथै ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको ठूलो भूमिका हुनेछ ।

अर्कोतर्फ ओमान फिलिपिन्सविरुद्ध पराजित भए तथा नेपालले क्यानडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

फाइनल पुग्ने दुवै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्व कपको लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८ सोमबार ००:००  ७ : १४ बजे