काठमाडौं ।
आइतबारको संसद् बैठकमा आफ्ना सांसद भीम रावललाई बोल्न समय दिएकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखसँग गम्भीर आपत्ति जनाएको छ।
प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर आपत्ति प्रकट गरेका हुन्।
‘भीम रावलले संसद्मा बोलेको विषयमा आपत्ति जनाएका छौं। एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति विपरीत बोल्न समय दिइएको छ,’ भट्टराईले भने, ‘दलीय सहमति नभइकन बोल्न दिने कुरा दलीय व्यवस्था विपरीतको काम गर्नुभएको छ। हुन त उहाँले सुरुदेखि नै एमालेका विरुद्धमा लागि रहनुभएकै छ।’
आफ्नै पार्टीका सांसद भीम रावलले एमालेको विरोधकै बीच समय लिएर बोलेको विषयमा अहिले धेरै टिकाटिप्पणी गर्न नचाहने भन्दै प्रमुख सचेतक भट्टराईले त्यसबारे पार्टीमा छलफल हुने बताए।
‘हामीले सभामुखलाई भेटेर नै तपाईंले गल्ति गर्नुभयो भनेका छौं,’ उनले भने, ‘अबका दिनमा यस विषयमा आफूले सोच्ने जवाफ दिनुभएको छ।’
८ फाल्गुन २०७८ आइतबार ००:००
396
Shares
प्रतिक्रिया