काठमाण्डौ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको छ ।
आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ ।
प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली बजार पुर्याए पनि फेरि उनीहरू बानेश्वरतर्फ गइरहेका छन् । प्रहरीले रबरको गोलीसमेत चलाएको छ । प्रदर्शनका क्रममा माअोवादी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहित केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
अहिले माइतीघर–तीनकुने क्षेत्रमा गाडी चलेका छैनन् । पटक–पटक प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका छन् । प्रहरीले दर्जनौँ राउन्ड अश्रु ग्यास र पानीका फोहरा प्रहार गरेको छ ।
प्रतिक्रिया