१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

न्याय सम्पादनको आधारमा दाङ जिल्ला अदालत देशभरकै उत्कृष्ट



काठमाण्डौ ।

न्याय सम्पादनको आधारमा दाङ जिल्ला अदालत देशभरकै उत्कृष्ट भएको छ ।

चालु आर्थिक वर्ष २०७८र०७९ को जिल्ला अदालतको अर्ध वार्षिक प्रगति समीक्षामा धेरै मुद्दा फर्स्यौट गरेको आधारमा सर्वोच्च अदालतले दाङ जिल्ला अदालतलाई सर्वोत्कृष्ट घोषणा गरेको हो ।

सर्वोच्च अदालतले जिल्ला अदालतहरुले औसत फर्स्यौट ३५ प्रतिशत हुनुपर्नेमा दाङ जिल्ला अदालतले ६ महिनामा ४३ प्रतिशत मुद्दा फर्स्यौट गरेको भन्दै न्याय सम्पादनमा देशकै पहिलो जिल्ला अदालतमा परेको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सामान्यतयाः एकजना न्यायाधीशले वर्षमा पाँच सय मुद्दा फर्स्यौट गर्नुपर्नेमा दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले छ महिनामै ५ सय ४४, हिमलाल बेलबाँसेले पाँच सय ४६ र डिल्लीराम शर्माले पाँच सय ६५ मुद्दा फर्स्यौट गर्नुभएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८ आइतबार ००:००  १ : ३३ बजे