काठमाण्डौ ।
वेष्ट इण्डिजविरूद्धको टी २० सिरिज भारतले एक खेल अगावै जितेको छ। शुक्रबार दोस्रो खेलमा वेष्ट इण्डिजमाथि ८ रनको रोमाञ्चक जित निकाल्दै घरेलु टोली भारतले एक खेल अगावै सिरिज २(० ले जितेको हो।
भारतले दिएको १८७ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो। उसका लागि निकोलस पूरन र रोभम्यान पावेलले उत्कृष्ट पारी खेले पनि टोलीलाई हराबाट जोगाउन सकेनन्।
पुरनले ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६२ रन बनाउँदा पावेलले ३६ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ६८ रनको योगदान दिए। यस्तै ब्रेण्डन किंग २२ र कायल मेयर्स ९ रनमा आउट भएका थिए।
भारतका रवि विश्नोई, युजवेन्द्र चहल र भुवनेश्वर कुमारले समान एकरएक विकेट लिए ।
त्यसअघि, कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनायो।
उसका लागि विराट कोहली, ऋषभ पन्त र वैंकटेश अय्यरले उत्कृष्ट पारी खेले।कोहलीले ४१ बलमा सात चौका र एक छक्काको मद्दतमा ५२ रन बनाए। योसँगै उनले टी–२० सर्वाधिक अर्धशतक बनाउने मामलामा रोहित शर्माको कीर्तिमान बराबर गरेका छन्। विराट र रोहितले टी(२० मा ३०र३० अर्धशतक बनाएका छन्।
पन्तले पनि अर्धशतकीय पारी खेले। उनले २८ बलमा सात चौका र एक छक्कासहित अविजित ५२ रन जोडे। अय्यरले १८ बलमा चार चौका र एक छक्काको सहयोगमा ३३ रनको पारी खेले। रोहितले १८ बलमा दुई चौका र एक छक्कासहित १९ रनको योगदान दिए। इशान किशनले २ र सूर्यकुमार यादवले ८ रन बनाए।
वेष्ट इण्डिजका रोस्टन चेसले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। त्यस्तै, रोमारियो सेफर्ड र सेल्डन कोट्रेलले एकरएक विकेट हात पारे। भारत र वेष्टइण्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० खेल भोलि आइतबार हुनेछ।
प्रतिक्रिया