१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रतिनिधिसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने



काठमाण्डौ ।

प्रतिनिधिसभाको आजको बैठकमा आदिवासी जनजाती आयोगको प्रतिवेदन पेस भएको छ । एमाले सांसदको नाराबाजीकै बीच कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्नुभएको हो ।

आज एमाले सांसदको नाराबाजी भइरहँदा पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गर्‍यो । प्रतिवेदन पेस भएपछि सभामुख अग्निप्रसाद सापकोटाले पर्सि आइतवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिनुभएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूूमिका रहेको भन्दै त्यसको विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।

सरकारले आज एमसीसी सम्झौता संसदमा पेस गर्ने तयारी गरेको थियो । तर सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि त्यो तयारी स्थगित गरिएको छ । एमसीसीमा साझा धारणा बनाउन यही फागुन ८ गते गठबन्धनको फेरि बैठक बस्ने छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८ शुक्रबार ००:००  २ : ०२ बजे