अनिश बन्जाडे, कपिलवस्तु ।
कपिलवस्तुमा पोखरीमा डुबेर दुई बर्षीय बालकको ज्यान गएको छ ।
जिल्लाको महाराजगंज नगरपालिका ११ बिजयनगर स्थित एन.आर एस इँटाभट्टामा काम गर्ने कैलाली टिकापुर नगरपालिका २ विजयनगर घर भएका शंकर चौधरीका २ बर्षीय छोरा सुहिर चौधरीको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
बुद्धभुमि नगरपालिका ७ डेरुवास्थित इँटा उद्योगको कम्पाउण्डभित्र रहेको पोखरीमा बिहीबार बालकको शव मृत अवस्थामा फेला परेको हो । गत आइतबारदेखि हराएका सुहिरको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया