१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेकपा (एस) कपिलवस्तुको सचिवमा कुर्मी, उप सचिवमा भट्टराई



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको सचिवमा ओमप्रकाश कुर्मीले जिम्मेवारी पाउनुभएको छ । जिल्ला कमिटीको उप–सचिव रहनुभएका कुर्मीले विहीबारको जिल्ला सचिवालय बैठकबाट सचिवको जिम्मेवारी पाउनुभएको हो ।

शिवराज नगरपालिकामा स्थायी बसोबास गर्दैै आउनुभएका कुर्मी मधेसी समुदाय बीच लोकप्रिय हुनुहुन्छ । ०५४ मा उहाँ वडा अध्यक्षमा तत्कालिन एमालेबाट निर्वाचित हुनुभएको थियो ।

पछि एमालेको क्षेत्र नं. ५ को क्षेत्रिय अध्यक्ष रहनुभएका उहाँ पार्टीको विभिन्न तहमा रही काम गर्दै आउनुभएको थियो । ०७७ पुस ५ गते केपी ओलीले संसद विघटन गरे पछि प्रतिगमन विरुद्ध लाग्नुभएका कुर्मी भदौमा एकीकृत समाजवादी गठन भएपछि यतै लाग्नुभएको थियो ।
यस्तै जिल्ला कमिटी उप सचिवको जिम्मेवारी कमल भट्टराईले पाउनुभएको छ । यसभन्दा अगाडी जिल्ला सचिवालय सदस्य रहनुभएका भट्टराई युवा बैचारिक नेता हुनुहुन्छ । अनेरास्ववियूबाट केन्द्रसम्म पुग्नुभएका भट्राई सिद्धार्थ क्याम्पसको पूर्व स्ववियू सभापति पनि हुनुभएको थियो ।

६ नेता निष्काशन
एकीकृत समाजवादी कपिलवस्तुको छैठौ सचिवालय बैठकले ६ जना नेतालाई साधारण सदस्य नरहने गरि निष्काशन गरेको छ ।

पार्टी कार्यालय तौलिहवामा बसेको बैठकले निवर्तमान सचिव सवेन्द्रदेव खनालसहित जिल्ला सदस्यहरु अजय पाण्डे, विनोद भट्टराई, सन्तोष पाण्डे र भीमप्रसाद भट्टराई सहितका नेतालाई साधारण सदस्य नरहने गरि निष्काशन गरेको नेकपा (एस) कपिलवस्तुको प्रचार विभागले जनाएको छ ।

उनीहरु हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।

यस्तै विहीबारको सचिवालय बैठकले दुई जना नेतालाई जिल्ला कमिटीमा मनोनित गरेको छ । पुराना बामपन्थी नेता डिल्लीराज अर्याल र युवा नेता कमल बेल्वासेलाई जिल्ला कमिटीमा मनोनित गरिएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८ बिहिबार ००:००  ६ : ४७ बजे