१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कपिलवस्तुका ५२ विद्यालय छनौट



विक्रम विश्वकर्मा, कपिलवस्तु ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कपिलवस्तुका ५२ वटा विद्यालय छनौट भएका छन्। जिल्लाका १० वटै पालिकाबाट ती विद्यालयको शैक्षिक सुधार कार्यक्रमका लागि छनौट गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रम अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरूको नामावली सार्वजनिक भएअनुसार कपिलवस्तुका ५२ वटा विद्यालय परेका हुन्। छनौट भएका विद्यालयको बजेट छिट्टै स्थानीय तहमार्फत् निकासा हुने छ।

कृष्णनगर नगरपालिकाका ७ वटा, विजयनगर गाउँपालिकाका ५ वटा, शिवराज नगरपालिकाका ५ वटा, महाराजगंज नगरपालिकाका ५ वटा र बुद्धभुमि नगरपालिकाका ३ वटा विद्यालय छनोटमा परेका हुन्।

त्यस्तै कपिलवस्तु नगरपालिकाका ८ वटा, यशोधरा गाउँपालिकाका २ वटा, मायादेवी गाउँपालिकाका ६ वटा, शुद्धोधन गाउँपालिकाका ५ वटा र बाणगंगा नगरपालिकाका ६ वटा विद्यालयहरु कार्यक्रमका लागि छनोटमा परेका हुन्।

प्रकाशित मिति : ५ फाल्गुन २०७८ बिहिबार ००:००  ५ : ५९ बजे