१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेकपा (एस) कपिलवस्तुले ६ जना नेतालाई निष्काशन गर्‍यो



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको छैठौ सचिवालय बैठकले ६ जना नेतालाई साधारण सदस्य नरहने गरि निष्काशन गरेको छ ।

पार्टी कार्यालय तौलिहवामा विहीबार बसेको बैठकले निवर्तमान सचिव सवेन्द्रदेव खनालसहित जिल्ला सदस्यहरु अजय पाण्डे, विनोद भट्टराई, सन्तोष पाण्डे र भीमप्रसाद भट्टराई सहितका नेतालाई साधारण सदस्य नरहने गरि निष्काशन गरेको नेकपा (एस) कपिलवस्तुको प्रचार विभागले जनाएको छ ।

उनीहरु हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।

यस्तै विहीबारको सचिवालय बैठकले दुई जना नेतालाई जिल्ला कमिटीमा मनोनित गरेको छ । पुराना बामपन्थी नेता डिल्लीराज अर्याल र युवा नेता कमल बेल्वासेलाई जिल्ला कमिटीमा मनोनित गरिएको हो ।

यस्तै जिल्ला कमिटी सदस्य जगतमान केसी र निशा सिग्देललाई जिल्लाको सचिवालयमा मनोनित गरिएको छ ।

दुई जना सचिवालय मनोनित गरेसंगै नेकपा (एकीकृत समाजवादी) को सचिवालय सदस्यको संख्या १५ सदस्यिय भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८ बिहिबार ००:००  २ : ०९ बजे