९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बलेफी गाउँपालिकाका अध्यक्ष क्षेत्रीले छाडे एमाले



सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले पार्टी परित्याग गरेका छन् । एक विज्ञप्ति जारी गर्दे उनलेपार्टी परित्याग गरेको घोषणा गरेका हुन् । क्षेत्री नेकपा एमालेका वाग्मती प्रदेश कमिटी सदस्य हुन्। उनले भर्खरै सकिएको एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबीसमेत गरेका थिए।

क्षेत्री २०३८मा एमालेको विद्यार्थी संगठनमा आवद्ध भएका थिए । उनी विद्यार्थीको जिल्ला अध्यक्ष पनि भए । विद्यार्थीको अञ्चल कमिटी सदस्य हुँदै क्षेत्री पार्टीको नवौं र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्‍मा निर्वाचित भएका थिए ।

गएको अधिवेशनमा आफूले अध्यक्षमा दाबी गर्दा पनि नेतृत्व छनोट गर्ने अध्यक्ष मण्डलले कुनै सल्लाह नगरेको उनको आरोप छ । अध्यक्ष मण्डलले कमल नेपाललाई एमालेको जिल्ला अध्यक्ष बनाएको छ । माधव कुमार नेपाल एमालेमा रहँदा क्षत्री नेपाल निकट मानिन्थे । नेपालले पार्टी छाडेर एकीकृत समाजवादी पार्टी खोलेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८ बुधबार ००:००  ५ : ४७ बजे