अनिश बन्जाडे, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा वाणगंगा हार्डवेयर एण्ड सप्लायर्स प्रा लि सन्चालनमा आएको छ । नगरको वडा नं ४ गजेहडामा आजबाट बिधिवत रुपमा गुणस्तरीय सामग्री र ग्राहकको मागलाई परिपुर्ति गर्नका लागि सुबिधा सम्पन्न हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालनमा आएको हो ।
बुधबार एक औपचारीक कार्यक्रमका प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रमा बोल्दै सांसद पन्थीले नगरवासिले खोजेको जस्तै सामाग्रीरहरु सुपथ मुल्यमा उपल्ब्ध गराउने बिश्वास ब्यक्त गर्दै ब्यसायिक सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो ।
यस्तै सञ्चालक टोपनारायण बेल्बासेले वाणगंगा हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालनमा आउनु नगरवासिका लागी खुशीको कुरा रहेको बताउनुभयो । घरका लागि आवश्यक सबै सामाग्री एकै स्थानमा सुपथ मुल्यमा उपल्बध गराउने र नगरवासिको बिश्वास जित्ने उदेश्यले हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालनमा ल्याएको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष उमानाथ पौडेल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष देवराज अर्याल, नेकपा माओवादी केन्द्र लुम्विनि प्रदेश कमिटि सदस्य नारायण भुषाल लगाएत नगरका उद्योगी व्यापारि, बुद्धिजिवी ब्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रमको सन्चालन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनि प्रदेश उपमहासचिव खिमानन्द पौडेलले गर्नुभएको हो ।
वाणगंगा हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि यस क्षेत्रका समाजसेवी टोपनारण बेल्वासे, आत्मराम बेल्वासे,पुस्कर पौडेल र दिनेश पौडेल गरि जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको हो ।
प्रतिक्रिया