९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

स्थानीय तहको चुनावमा यी ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने



काठमाडौं ।

निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुलाई मात्र दलको चुनाव चिन्ह् दिने भएको छ । राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव चिहृन प्रदान गर्ने भएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था अनुसार आयोगले चुनावचिन्ह्र प्रदान गर्न लागेको हो । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जितेका दलहरुलाई मात्रै राष्ट्रिय दलको मान्यता पाउने उल्लेख छ ।

स्थानीय चुनावमा यी ६ वटा दलले चुनाव चिन्ह्र पाउने भएका हुन् । नेकपा एमाले सूर्य, नेपाली कांग्रेस रुख, नेकपा माओवादी केन्द्र गोलाकारभित्रको हँसिया हथौडा, नेकपा एकीकृत समाजवादी कलम, जनता समाजवादी पार्टी छाता र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल साइकल ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८ बुधबार ००:००  १ : ०८ बजे