काठमाडौँ ।
सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले राष्ट्रिय सहमति नजुट्दा सम्म अमेरिकासँगको एमसीसी सम्झौता अघि बढाउन नहुने निर्णय गरेको छ ।
माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमालेले संसद् अवरोध गरिरहेको अवस्था र एमसीसीमा संशोधन समेत नभएकोले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने निर्णय गरेको हो । माओवादीले यसअघिदेखि नै संसद्मा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।
बैठकपछि माओवादी नेता रेखा शर्माले यथास्थितिमा एमसीसी अघि बढे दुर्घटना हुने बताइन् । उनले जबरजस्ती गरे पार्टी आन्दोलनमा जाने र त्यस्तो अवस्थामा सरकार लगायतका विषय माओवादीलाई सहायक हुने बताइन् ।
प्रतिक्रिया