काठमाण्डौ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्स सातदोबाटोमा एउटा खेल हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब दिउँसो १ बजे खेल्दैछन् । अंकतालिकामा शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । सातदोबाटो १५ अंकका साथ छैटौं स्थानमा छ । मछिन्द्रले आजको खेल जिते तीन अंक थपेर उपाधि समेत उचाल्नेछ ।
यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् । पुलिस १० अंक जोडेर दशौँ स्थानमा छ । समान खेलमा थ्री स्टारको १७ अंक छ । थ्री स्टार चौंथो स्थानमा छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो एक बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा खेल्दैछन् । आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । हिमालयन शेर्पा १२ अंक जोडेर आठौं स्थानमा छ ।
प्रतिक्रिया