काठमाण्डौ ।
जाडोयामको अन्तिमतिर आएसँगै चिसो कम हुन थालेको छ । बिहान र बेलुका केही चिसो भए पनि दिउँस गर्मी छ ।
केही दिन यता मौसम पनि सफा नै रहेकाले अधिकतम र न्युनतम तापक्रम बढेको छ । यसले गर्दा चिसो घट्दै गएको छ । विराटनगर, सिमरा, जनकपुर र धनगढीको अधिकतम तापक्रम २५ डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको छ भने नेपालगन्जको २४ दशमलव ६, भैरहवाको २४ दशमलव ३, वीरेन्द्रनगरको २३ र काठमाण्डौको अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का वर्षाको सम्भावना छ ।
प्रतिक्रिया