काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ११ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
प्रतिशेयर एक सयका दरले ८ लाख २८ हजार ७ सय ५० कित्ता मध्ये १२ हजार ७ सय कित्ता साधारण शेयर कर्मचारीका लागि र ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्वसाधारणका लागि निस्कासन गर्न लागिएको हो।
११ गते खुल्ने शेयर १५ गते बैंकिङ समयपछि बन्द हुने छ।
प्रतिक्रिया