काठमाण्डौ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि बुधवार बस्ने प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता एमसीसी पेस हुने बताउनुभएको छ ।
आज मङ्गलवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भोलिको बैठकमा एमसीसी सम्झौता पेस गर्ने विषयमा आफूले सभामुखसँग परामर्श गरिरहेको र सम्झौता पेस गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
‘भोलिको बैठकमा एमसीसी पेस हुनेमा म विश्वस्त छु, यो विषयमा मैले सभामुखज्यूसँग परामर्श गरिरहेको छु’, प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै महामन्त्री गगन थापाले भन्नुभयो । बैठकले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
एमसीसी सम्झौता यो अवस्थासम्म आउँदा सबै दल सरकारमा बसेर कुनै न कुनै निर्णय गरेकाले अहिले विरोध गरेर उम्कन नपाइने पनि कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया