९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बिहानैदेखि बन्द पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड खुल्यो



दाङ ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने विषयमा सहमति भएपछि आज मङ्गलवार बिहानैदेखि बन्द भएको पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड केहीबेर अघि खुलेको छ ।

पीडित पक्षलाई नियमअनुसार पाउने क्षतिपूर्तिबाहेक थप पाँच लाख रुपैयाँ दिने, छोराछोरीलाई पढाइ दिने र श्रीमानलाई रोजगार दिने सहमति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो।

आज बिहान सवा ६ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका २ कटेशनालाकी ३५ वर्षीया डिला पौडेलको ज्यान गएको थियो । गाउँपालिकाको वडा नम्बर १ पाखापानीमा दूध बेच्न हिँडेकी पौडेललाई टिपरले ठक्कर दिएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८ मंगलबार ००:००  ४ : १० बजे