९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा



दाङ ।


प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा स्थायी राजधानी दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सभामुख पूर्ण घर्ती, प्रदेशका मन्त्रीहरूलगायत व्यक्तिको सहभागिता रहनेछ । प्रदेशका सबै प्रशासनिक गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो ।

१७ महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै प्रदेश सरकारले सबै काम गर्दै आएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८ मंगलबार ००:००  १२ : ३३ बजे