मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु उद्योग बाणिज्य संघले मंगलबार बजार बन्द गर्ने निर्णय यथावत रहेको जनाएको छ । यसअघि बाणगंगाको ४ नं क्षेत्रका उपसमितीका पदाधिकारीहरुले मंगलबार हुँदै आएको साप्ताहिक बजार बन्द शनिबार गर्ने निर्णय गरेका थिए । ४ नं क्षेत्रका उपसमितीका पदाधिकारीहरुले शनिबार बजार बन्द गर्ने निणर्य संचारमाध्यममा आएपछि उद्योग वाणिज्य संघले यस्तो बताएको हो ।
आइतबार मायादेवी अनलाइनसंग कुराकानी गर्दे उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले केहि ब्यवसायीबाट शनिबार बजार बन्द गर्ने सुझाव आएपनि निणर्यभने भैनसकेको बताउनुभयो । केहि ब्यापारी तथा उपसमितीबाट सुझाव आएका छन् उद्योग वाणिज्य संघमा १२ वटा उपसमिती छन् सबैको राय सुझाव एउटै भएमा त्यसलाई निर्णय गर्न सकिन्छ तर अहिलेको लागि भने मंगलबार बजार बन्द गर्ने निर्णय यथावत छ उहाले भन्नुभयो । यसरी कुनै एउटा उपसमितीको निर्णलाई मान्न नसकिने र सबै उपसिमतीसंग छलफल गरेर मात्र निणर्य गरिने उहाले बताउनुभयो ।
उहाले व्यवसायीको हकहितको पक्षमा संघ सदैव रहेको र आगामी दिनमा पनि सबैको मागलाई समेट्ने प्रतिवद्धता जनाउनुभयो ।
यसअघि बाणगंगाको ४ नं क्षेत्रका उपसमितीका पदाधिकारीहरुले मंगलबार हुँदै आएको साप्ताहिक बजार बन्द शनिबार गर्ने निर्णय गरेका थिए ।
प्रतिक्रिया