अंशु ढकाल, तौलिहवा ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माघ महिना भरी भएका अपराध अनुसन्धानका घटनाहरुको विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय तौलिहवामा आईतबार पत्रकार सम्मेलन गरी सावैजनिक गरिएको हो। माघ महिनामा ८ जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भएको छ। पक्राउ परेका व्यक्तिबाट ४ हजार २ सय ८५ रुपैया जरिवाना उठेको प्रहरी उपरीक्षक कार्कीले बताउनु भयो।
यस्तै माघ महिनामा भन्सार तर्फ ४२ लाख ९३ हजार ४१० रुपैया राजस्व संकलन भएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनु भयो। यसैबीच चालु आर्थिक वर्षको माघ महिनासम्ममा जम्मा भन्सार राजस्व ६ करोड ६५ लाख ९२ हजार २१३ र नदिजन्य पदार्थको राजस्वमा १२ लाख ७७ हजार रकम संकलन भएको छ। यस्तै माघ महिनामा लागेको अगालागीबाट ४ घर र १ गोठ जलेर नष्ट भएका भएका छन् भने अगालागीबाट ४ लाख २५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ।
माघ महिनामा लागु औषधका घटनामा १३ जना पक्राउ परेका छन्। जस मध्ये ६.९३० गाम्रमा ब्राउन सुगरसहित १० जना र नाईट्राभेट १ सय ट्याब्लेट र स्पास्मो ५ सय ३६ क्यापसहित ३ जना पक्राउ परेका छन। माघ महिनामा आत्महत्या गर्नेको संख्या १० रहेको तथ्याङ्कमा उल्लेख छ।
जिल्लामा महिला तथा बालबालिका सम्बन्धी उजुरी ३२ वटा परेका छन् भने २४ वटा मिलापत्र भएका छन। बाँकी ८ वटा रहेको तथ्याङ्कमा छ। यस्तै घरेलु हिंसा सम्बन्धी ३२ वटा मुद्धा दर्ता भएको छ। भने २४ वटा मिलापत्र भएका छन। यस्तै माघ महिनामा जिल्ला प्रहरी कार्यालयका ३१ जना प्रहरी कारवाहीमा परेका छन्। आन्तरिक सुद्धिकरण अन्तरगत ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङ उत्कृष्ट हुनु भएको छ।
आगामी महिनाका लागि पुराना फछ्र्याैट हुन बाकी पेन्डिङ्ग मुद्धामा अनुसन्धान तथा कारवाही, सिमा अपराध नियन्त्रणका लागि एलआरपी तथा प्रहरी क्रियाकलापमा बृद्धि गराउने कार्य योजना तय गरेको छ। त्यस्तै आगामी स्थानीय चुनावलाई केन्द्रित गरी सुचना संबेदनशिलतामा थप सुचना संकलन गर्ने, भारतीय नम्बर प्लेटका सवारी साधनलाई भन्सार गराउन आवश्यक कदम चाल्ने र सडक विस्तारमा हटाईएका सिसिटिभी क्यामरा पुन जोड्ने कार्य योजना बनाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रतिक्रिया