९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपालमा देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्छ, यी हुन् लक्षण



काठमाडौं ।

नेपालमा अहिले देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्ने भन्दै सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
गएको माघ २७ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती नगरपालिका–६ स्थित कृषि फार्ममा पालिएका कुखुराहरूमा बर्डफ्लु पुष्टि भएको थियो ।

ती कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लु एचपीएआईको ९एच ५ एन १, एभिएन इन्फ्लुएन्जा० प्रजाति पुष्टि भएको र सो संक्रमण मानिसमा पनि सर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

यी हुन् मानिसमा देखिने बर्डफ्लुका लक्षणहरू
१. १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
२. सिँगान बगिरहने र नाक बन्द हुनु
३. घाँटी दुख्नु, रुघा लाग्नु
४. श्वासप्रश्वासमा समस्या आउनु ।
शंकास्पद पक्षीको सम्पर्कमा आएका व्यक्तिहरूले नजिकैको स्वास्थ्य केन्द्रमा जानकारी गराई संक्रमण भएरनभएको पहिचान गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । त्यस्ता पक्षीको सम्पर्कमा आएका व्यक्तिहरू कम्तीमा १० दिन आइसोलेसनमा बस्न मन्त्रालयको अनुरोध छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८ सोमबार ००:००  १ : १४ बजे