काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई विभिन्न कार्यालयमा काजमा खटाइएको छ।
कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो।
यस्तै तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन्।
रसुवामा कुलदिप चन्द, दोलखामा गंगाप्रसाद पौडेल र रामेछापमा राजकुमार थिङ जिल्ला प्रहरी प्रमुख बन्ने भएका छन्।
यस्तै सातदोबाटो वृत्तमा मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरे काज खटिनेछन्।
दोलखाका डीएसपी भेषराज रिजालको अपराध महाशाखामा काज सरूवा भएको छ।
यस्तै रामेछापका नवराज ढुङगाना प्रदेश १ प्रहरी कार्यालय मोरङमा काज सरूवा भएको छ।
यस्तै रसुवाका देवेन्द्र पाण्डेको जगेडा पुलमा काज सरूवा भएको छ। यस्तै वृत्त चापागाउँका टेकबहादुर कार्की क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल र वृत सातदोबाटोका दिनेश घिमिरेलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरूवा गरिएको छ।
प्रतिक्रिया