दीपा महत, तौलिहवा ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विरोधमा कपिलवस्तुमा प्रर्दशन भएको छ । नेकपा एकीकृत समाजवादीले आज (आइतबार) सदरमुकाम तौलिहवामा विरोध प्रर्दशन गरेको हो । पार्टीको केन्द्रीय निणर्य अनुसार आइतबार देशरभर एकसाथ विरोध प्रदर्शन गरिएको नेकपा एकीकृत समाजवादी वाणगंगा नगर अध्यक्ष कमल भट्राइले बताउनुभयो ।
आइतबार तौलिहवाको भिक्षुचोकबाट सुरु भएको विरोध र्याली प्रशासन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रर्दशनमा एमसीसी चाइदैन देश बेच्न पाइदै, एमसीसी पक्षधर मुर्दावाद, अमेरिकी सामाज्रवाद मुर्दावाद, राष्ट्रघाती सम्झौता एमसीसी खोरज गर लगाएतका नारासहित प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य मिना परियारले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो । एमसीसीको विरुद्ध अब हरेक नेपाली जनता जुटनुपर्ने बेला आएको भन्दै सरकारमा नेकपा एकीकृत समाजवादी भएपनि एमसीसीको विरोधमा उत्रिएको बताउनुभयो ।
यस्तै नेकपा एकीकृत समाजवादी जिल्ला उपाध्यक्ष गीता अन्जानले अनुदानको नाममा अमेरीकाले दिने सहयोग एमसीसी कुनैपनि हालतमा पास हुन नदिने बताउनुभयो ।
एमसीसी पास गराउनको लागि उच्चतहका नेता तथा नेतृत्व लागिपरेको भन्दै अनुदानको नाममा राष्ट्रघाती सम्झौता गर्ने नेता तथा नेतृत्वलाई अबको चुनावमा जनताले सहि जवाफ दिने चेतावनी दिनुभयो ।
राष्ट्र र राष्ट्रियताको सवालमा हरेक जनता एकजुटभएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सचिवालय सदस्य फैजल खान, अनेरास्ववियू जिल्ला उपाध्यक्ष सम्झना चौधरी लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन युवा संघका जिल्ला सचिव राजु आचार्यले गर्नुभएको थियो ।
प्रतिक्रिया