अनिश बन्जाडे, जितपुर
कपिलवस्तुको बाणगंगा नगरपालिकामा पाँच ओटा भरुवा बन्दुक सहित एक वृद्ध पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा वडा नं ९ चौवा निवासी ६० बर्षीय वृद्ध रामसमुज थारु रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थारुको घरगोठमा लोड गरिएको अवस्थामा बन्दुकहरु लुकाईछिपाई राखिएको भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले थारुलाई गरेको पिपरा प्रहरीले जनाएको छ ।
थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया