९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपा (एस) कपिलवस्तुको पाचौं बैठकः यस्ता छन् निर्णय



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एस) कपिलवस्तुको पाचौं सचिवालय बैठकले महत्वपूर्ण निर्णय गरेको छ । आसन्न बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन मितिलाई स्वागत गर्दै जिल्लाभित्र बाम–लोकतान्त्रिक गठबन्धन बीच कार्यगत एकता गरि चुनावमा जानुपर्नेमा जोड दिएको छ ।

सचिवालय बैठकले केन्द्रमा रहेको ५ दलिय गठबन्धनलाई जिल्लामा पनि निरन्तरता दिनका लागि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्री संयोजक रहेको ७ सदस्यिय उच्च स्तरिय वार्ता समिति गठन गरेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख विकास बन्जाडेले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा मीना परियार, अहमद अब्दुल रउफ, लंका बहादुर हमाल, जीवलाल पौडेल, गीता अन्जान र विकास बन्जाडे रहनुभएको छ ।

यस्तै बैठकले यहीँ फाल्गुण भित्र पार्टी संगठन विस्तारको कामलाई पूरा गर्ने र प्रत्येक वडा वडा तहसम्म कमिटी निर्माण, बैठक र प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख बन्जाडेले बताउनुभयो ।

यस्तै संघीय र प्रदेश निर्वाचन क्षेत्रिय समन्वय कमिटीको जिम्मेवारी पनि शनिबारको बैठकले तोकेको छ । जसमा क्षेत्र नं. १ को संयोजकमा सर्वेन्द्रदेव खनाल र सचिवमा कमल भट्टराई रहनुभएको छ ।

सोही क्षेत्र अन्तरगत प्रदेश ‘क’को संयोजकमा विनोद भट्टराई र सचिवमा चन्द्रकान्त न्यौपाने, प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को संयोजकमा फैजल खान र सचिवमा जमिल अहमदलाई जिम्मेवारी दिइएको छ ।

यस्तै क्षेत्र नं. २ को संयोजकमा गीता अन्जान र सचिवमा दीपक अनुरागी रहनुभएको छ ।

सोही क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र ‘क’ को संयोजकमा चेतना शर्मा र निर्वाचन क्षेत्र नं. ‘ख’को संयोजकमा चोपलाल पाण्डेले जिम्मेवारी पाउनुभएको छ ।

क्षेत्र नं. ३ को संयोजकमा ओमप्रकाश कुर्मी र सचिवमा विष्णु केसीले जिम्मेवारी पाउनुभएको छ ।

सोही क्षेत्रको प्रदेश ‘क’मा जगतमान केसी संयोजक र सचिवमा तुल्सीराम छिपिले जिम्मेवारी पाउनुभएको छ भने निर्वाचन क्षेत्र ‘ख’को संयोजकमा उषा सिग्देल र सचिवमा मिश्रा खान रहनुभएको छ ।

बैठकमा शुक्रबार दाङको तुल्सीपुरमा भएको आगजनी परि ज्यान गुमाउने मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समेवदना प्रकट गरेको छ । जुन घटनामा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य एमडी हसनका भाई र दुई छोरा छोरीको ज्यान गएको थियो ।
बैठकमा बोल्दै पार्टी जिल्ला इन्चार्ज खत्रीले प्रतिगमनकारी शक्तिको पराजय निर्वाचनबाट गर्नुपर्नेमा जोड दिनुभयो । दशकौंको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीलाई खारेज गर्न खोज्ने विरुद्ध विद्रोह गरि एकीकृत समाजवादी गठन भएको भन्दै जनताको बीचमा पार्टीका नीति र विचार लैजानुपर्नेमा जोड दिनुभयो । आसन्न स्थानीय तहको चुनाव केन्द्रीत गतिविधिमा लाग्न निर्देशन दिदैं उहाँले जिल्लाका कतिपय तहमा एकीकृत समाजवादीले जित हासिल गर्ने बताउनुभयो ।

बैठकमा पार्टी केन्द्रीय सदस्य मीना परियार, केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ, लुम्बिनी प्रदेश कमिटी सदस्य अजिजुर रहमान शेख, जीवलाल पौडेल, श्रृजना खनाल, अमिर हम्जा लगायतले सम्बोधन गर्नुभएको थियो । जिल्ला पार्टी कार्यालय तौलिहवामा बसेको बैठकको अध्यक्षता जिल्ला अध्यक्ष लंका बहादुर हमालले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव सर्वेन्द्रदेव खनालको थियो ।

प्रकाशित मिति : २९ माघ २०७८ शनिबार ००:००  ५ : ५४ बजे