९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शीर्ष नेता बीच एमसीसीमा सहमति जुट्न सकेन्



काठमाडौं ।
गठबन्धनका शीर्ष नेताहरु अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा अझै एकमत हुन सकेका छैनन् ।

शनिबार गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएपनि सहमति जुट्न नसकेको हो ।

एमसीसी र स्थानीय निर्वाचनका विषयमा कुरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार एमसीसीका विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न सकेन् ।

फागुन २ गतेको संसद बैठक सार्ने विषयमा पनि छलफल भएको बुझिएको छ । नेकपा एमालेले २ गतेको बैठक सञ्चालन नगर्न आग्रह गरेपछि प्रचण्ड र नेपालले ४ गते बैठक राख्न सकिने सुझाव दिएका छन् ।

नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भने माओवादी एमसीसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने लाइनमा छ । नेकपा एसले भने एमसीसीको विरोध गरिरहेको छ ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई संसदबाट पारित गराउने प्रतिवद्धतासहित लेखेको पत्र बाहिरिएपछि यसबारे आमचासो बढेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८ शनिबार ००:००  ४ : ४५ बजे