बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा ६ मा शनिबार बिभिन्न पार्टी परित्याग गरि ३४ घर परिवार एमालेमा प्रबेश गरेका छन् । अहिलेसम्म नेपालमा धेरै पार्टी जन्मिए तर देशको रक्षा एमालेले बाहेक अरू कुनै पार्टीले गर्न नसक्ने देखिए पछि नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको नव प्रवेसी वीर बहादुर खत्री आचार्यले बताए ।
उनले देशले गुमाएको भूमिको नक्शा एमाले सरकारमा हुदा चुच्चे नक्शा कायम गर्यो तर नक्शा मात्र होईन भूमि फिर्ता गर्न पनि एमालेको सरकार आवश्यक भएकाले म एमाले प्रबेश गरेको बताए । नेपाली कांग्रेस पार्टीमा अहिलेसम्म बसियो तर जनताको बिकासका काममा नेपाली कांग्रेस साझा बन्न नसकेका कारण देश बनाउन एमाले बाहेक अरू पार्टीमा ठोस योजना नभएकाले आजदेखि एमालेमा प्रवेश गर्दै अर्जुन न्यौपानेले बताए ।
वडा कमिटी अध्यक्ष कासी भट्टराईको अध्यक्षता, नेकपा एमाले केन्दीय कमिटी सचिव टोप बहादुर रायमाझीको प्रमुख आथित्यता रहेको कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल, जिल्ला कमिटीका सह-सचिव भिम केसी, जिल्ला कमिटी सदस्य एवं नगर कमिटी इन्चार्ज ओपी पाण्डे, नगर कमिटी अध्यक्ष वसन्त कुमार श्रेष्ठ, जिल्ला कमिटी सदस्य ऋषि रेश्मी, चुमा गाहा, तिलक भाट, युवा संघ नेपालका नगर अध्यक्ष तिलक अधिकारी, नगर कमिटी सदस्य सन्दिप दर्लामी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम प्रदिप भुसालको संचालन, गिरू आचार्यको स्वागतमा सम्पन्न भएको थियो । साथै शितगंगा ७ को बान्द्रेतरूले निवासी स्वर्गीय चोपलाल गैरैको घरमा पुगेर श्रद्धाञ्जली सभा पनि सप्पन्न गरिएको छ ।
प्रतिक्रिया