पाल्पा ।
निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगरेपछि सडक डिभिजन पाल्पाले पाल्पा–गुल्मी सडक खण्ड १५ दिनसम्म रातिको समयमा बन्द गरेर कटानको काम गराउन थालेको छ ।
अघिल्लो वर्ष लगाएको ठेक्काको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई पाल्पा–गुल्मी सडकको जोर्ते भीर आसपास क्षेत्रमा सडक चौडा गर्ने कामका लागि दैनिक बेलुकी साढे ९ बजेदेखि बिहान साढे ३ बजेसम्मका लागि सडक बन्द गरेर काम गराइएको हो ।
प्रदीप साइज जेभी बुटवलले अघिल्लो वर्ष लिएको ठेक्काको काम समयमा सम्पन्न नगरेको र काममा ढिलाई गरेकाले जिल्ला सुरक्षा समितिसँगको बैठकबाट रातीको समयमा पूर्ण रुपमा सडक बन्द गरेर काम गराउन लागेको सडक डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए ।
प्रदीप साइन जेभीले कटानको काम गर्नेभन्दा बढी ढुंगा बिक्री गर्ने आसयले काम गरेकाले काममा ढिलाइ भएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया