९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दाङ आगलागीः ७ करोड बराबरको क्षति, ज्यान गुमाएकाका परिवारलाई राहत दिने



दाङ ।
दाङको तुलसीपुरमा भएको आगलागीमा ज्यान गुमाएकाका परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले राहत दिने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा आगलागीमा परेर ज्यान गुमाएका पाँच जनाको किरिया खर्च बापत प्रतिव्यक्ति एकरएक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । साथै ठूला घर तथा भवनमा आगलागी हुँदा निभाउन सक्ने गरी दमकल खरिदका लागि बजेट व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

तुलसीपुरमा हिजो भएको आगलागीबाट दुई परिवारका गरी पाँच जनाले ज्यान गुमाएका छन् भने झण्डै सात करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताउनुभयो ।

जुत्ता चप्पलको गोदाम र कस्मेटिक गोदाम समेत गरी सात करोड रुपैयाँ बराबरको क्षति भएको विवरण पीडितले पेस गरेका डीएसपी अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ माघ २०७८ शनिबार ००:००  ८ : ३० बजे