९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

२४ लाख डोज कोरोना खोप हराएको होइन : मन्त्री खतिवडा



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २४ लाख डोज कोरोना खोप नहराएको स्पष्टीकरण दिएका छन् ।

आफूले गरेका कामका उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले खोप नहराएको बताएका हुन् ।

बाटोमा भएको ग्याप र खेर गएको खोपको तथ्यांक आउन बाँकी रहेको उनले बताए । खोप खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय समितिले छानबिन गरिरहेको उनले बताए । समितिलाई दुई हप्ताको समय दिइएको छ ।

‘केन्द्रले प्रदेशमा, प्रदेशले जिल्लामा, जिल्लाले स्थानीय तहमा कति पठाएको छ त्यसको रिपोर्ट समितिले फागुन २ गते भित्र तयार पार्छ,’ उनले भने ।

प्रकाशित मिति : २८ माघ २०७८ शुक्रबार ००:००  २ : ०७ बजे