बर्दिया ।
बर्दिया जिल्लाको खाता जैविक मार्गअन्तर्गत मधुवन नगरपालिका ५ खैरेनी सामुदायिक वनमा एउटा वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्ला वन कार्यालयका अनुसार चितुवा आपसमा जुधेर मरेको हुन सक्ने आशंका गरिएको छ ।
जिल्ला वन अधिकृत प्रविण बिडारीले उक्त चितुवा केही दिनअघि मरेकाले गह्नाएको अवस्थामा स्थानीयले देखेपछि जानकारी गराएको बताए । चितुवा मारिएको अवस्थामा फेला परेकाले अनुसन्धान भइरहेको छ, ‘उनले भने‚ ‘चितुवाको अंंग सबै सुरक्षित रहेको छ ।’
वन कार्यालयका अनुसार मृत फेला परेको चितुवा ६ फिट ९ इन्च चौडाई, २ फिट ८ इन्च उचाई, २ फिट ७ इन्च गोलाइ र झन्डै ६५ किलो तौल भएको थियो ।
प्रतिक्रिया