९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गयो



पाल्पा ।


पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ ।

आगोमा जलेर ७२ वर्षीया गौकुमारी श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा श्रेष्ठको ज्यान गएको जानकारी दिनुभयो ।

श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७८ बिहिबार ००:००  १ : ५३ बजे