९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतले जित्यो



काठमाडौं ।

वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतले जितेको छ ।
गएराति भएको दोस्रो खेल ४४ रनले जितेसँगै तीन खेलको श्रृङ्खला भारतले २–० ले जितेको हो ।
अहमदाबादमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ४६ ओभरमा एक सय ९३ रन बनाउँदा अलआउट भयो । उसका लागि सामर्ह ब्रुक्सले सर्वाधिक ४४ रन बनाए ।
भारतका प्रसिद्ध कृष्णले चार विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले सूर्यकुमार यादवको ६४ र केएल राहुलको ४९ रन मद्दतमा दुई सय ३७ रन बनाएको थियो ।
तीन खेलको एक दिवसीय र तीन खेलको टी(२० श्रृङ्खला खेल्न वेष्ट इन्डिज भारत भ्रमणमा रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७८ बिहिबार ००:००  ८ : २४ बजे