९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमसीसी खारेजको माग गर्दै चन्द्रौटामा ५ राजनैतिक दलको विरोध प्रर्दशन



अनिश बन्जाडे, जितपुर ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा कपिलवस्तुका ५ राजनैतिक दलहरुले बिरोध प्रर्दशन गरेका छन् । जिल्लाका ५ राजनैतिक दलले बुधबार विरोध प्रर्दशन गरेका हुन् । विभिन्न ५ राजनैतिक दलहरु नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), क्रान्तीकारी माओवादी, नेकपा माले, नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले जिल्लाको चन्द्रौटामा संयुक्त बिरोध प्रर्दशन गरेका हुन् ।

राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, अमेरिकी सामा्रज्यवाद मुर्दावाद, राष्ट्रघाती एमसीसीका घरेलु दलालहरु होसियार लगाएतको नारा सहित कपिलवस्तुको चन्दौटामा प्रर्दशन गरेका हुन् ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले कुनै हालतमा एमसीसी सम्झौता पास हुन नदिने अडान राखेका थिए । माग सम्बोधन नभएसम्म बिरोधका कार्यक्रम जारि राख्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७८ बुधबार ००:००  ६ : ०५ बजे