९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राष्ट्रपति शैक्षिक सुधारका नाममा ठगी गर्ने पक्राउ



बर्दिया ।

जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर प्रयोग गरी साइबर एण्ड लाईब्रेरी प्रोजेक्टको नामबाट ठगी गरिरहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ–संस्थासँग ठगी गरिरहेको आरोपमा प्रहरीले कास्की पोखरा—२५ का ३९ वर्षिय प्रकाश बराल क्षेत्रीलाई पक्राउ गरेको छ ।

न्यून गुणस्तरिय विद्युतिय शैक्षिक सामग्री र स्टेस्नरी सामग्री उच्च मुल्यमा बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय परिसरमा बिक्री गरिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । क्षेत्रीबाट नगद १ लाख ९२ हजार नगद, गुणस्तरहिन प्रिन्टर १९ थान, प्रोजेक्टर १९ थान, मनीटर १७ थान, पेन ड्राइभ १९ थान, सीसी क्यामेरा १८ थान, नेपाली बृहत् शब्दकोष लगायतका सामग्री बरामद गरिएको प्रहरी निरीक्षक चक्र डम्बर पालले बताए ।

शिक्षा समन्वय इकाई र बंगलामुखी राधाकृष्ण थारु मावी लगायत विशिष्ठ मानिसको उपस्थितीमा शैक्षिक सामग्री वितरण हुँदै छ भनि विभिन्न विद्यालय र संघ संस्थालाई सूचना पठाई अफवाह फैलाई न्यून गुणस्तरका सामग्री बेचबिखन गरेको आरोप लागेको छ । गुणस्तरिय शैक्षिक सामग्री बिक्री वितरण गरेको अभियोगमा उनीविरुद्ध ठगी मुद्दामा अदालतबाट ५ दिनको म्याद थप गरी मुद्दा दायर गरिएको प्रहरी निरिक्षक पालले बताए ।

प्रकाशित मिति : २६ माघ २०७८ बुधबार ००:००  ५ : ५४ बजे