नवलपरासी ।
नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन रहेको डेढ कठ्ठा जग्गा राष्ट्रिय आवास कम्पनी धनेवाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ ।
कावासोती नगरपालिका वडा नम्बर ८ स्थित ५ क कित्ता नम्बर ६१९२ को १ कठ्ठा १५ धुर जग्गामा आधारभुत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन निर्माण भएको थियो। स्वास्थ्य मन्त्रालयले ३५ लाखको लागतमा बनाएको ४ कोठे पक्की स्वास्थ्य केन्द्रको भवन निर्माण सकेको एक महिनापछि नै उक्त भवन र त्यसले ओगटेको जग्गाको पुर्जा व्यक्तिको नाममा सारिएको हो।
मालपोत कार्यालय र नापी कार्यालय कावासोतीको समेत मिलेमतोमा राष्ट्रिय आवास कम्पनी धनेवा पश्चिम नवलपरासीले उक्त जग्गा कावासोतीकै हरिभक्त कंडेलको नाममा जग्गाधनी पुर्जा दिएको पाइएको छ ।
कावासोती नगरपालिकाले भने आवास कम्पनी धनेवालाई २०७६ साल भदौ ९ गते पत्र लेखेर उक्त कित्तामा वडा कार्यालय भवन बनाउनु पर्ने भएकाले कोहीरकसैलाई नदिनू भनेर निर्देशन दिएको थियो ।
नगरपालिकाको लिखित पत्रलाई बेवास्ता गर्दै कावासोती मालपोत, नापी कार्यालयको समेत मिलोमतोमा आवास कम्पनी धनेवाले हरिभक्त कंडेलको नाममा ०७७ साल पुस ९ गते जग्गाधनी पुर्जा दिएको हो ।
प्रतिक्रिया