बुटवल ।
गोदाममा लुकाएर राखिएको ५३ बोरा अवैध चिनी रुपन्देही प्रहरीले बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिकाको उद्योगपुरीस्थित सिद्धिमान श्रेष्ठको घरमा संचालित श्रृष्ठि गल्ला भण्डारमा लुकाई राखिएको एक लाख सत्तासी हजार असी रुपैयाँ बराबरको ५३ बोरा चिनी बरामद गरेको हो ।
राजस्व छली गरी ल्याइएको चिनी मंगलबार अपराह्न साढे ४ बजे विशेष सूचनाका आधारमा प्रहरीले बरामद गरेको थियो ।
आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए । उक्त गल्ला भण्डारबाट बोरा सिलाउने मेसिन र ४ वटा खाली बोरामसेत बरामद गरिएको उनले जनाए ।
प्रतिक्रिया