९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाल्पा – तम्घास सडक माघ २८ देखि दैनिक साढे ६ घण्टा बन्द



पाल्पा ।

पाल्पा–तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ । उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो । सडक फराकिलो बनाउनका लागि यही माघ २८ देखि फागुन १३ गतेसम्म बिहान ९ देखि अपरान्ह् ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालका अनुसार ढुङ्गा कटान गरी सडकमा राख्नुपर्ने भएकाले दिउँसो यातायातका साधन सञ्चालनमा समस्या भए पनि साँझ–बिहान सडक खुला रहने छ । प्रदीप साइन जेभी बुटबलले सडक फराकिलो बनाउन थालेको छ । चट्टान कटान गरी सडक चौडा बनाउन थालिएको लम्सालले बताए।

प्रकाशित मिति : २६ माघ २०७८ बुधबार ००:००  १२ : ३१ बजे