८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसमी कृषि कामदारका रुपमा वाणगंगाले ५ सय ७० जना कृषकहरुलाई दक्षिण कोरिया पठाउने



मायादेबी अनलाइन, वाणगंगा

मौसमी कृषि कामदारका रुपमा वाणगंगा नगरपालिकाले नगरभित्रका ५ सय ७० जना कृषकहरुलाई दक्षिण कोरिया पठाउने तयारी थालेको छ । सोही क्रममा आज नेपाल कल्चरसेन्टर कोरियाका पदाधिकारीको उपस्थितीमा बाणगंगा नगरपालिकाका जनप्रतिनिधि , कर्मचारी र सन्चारकर्मीहरुबीच अन्तक्रिया गरिएको छ ।

कृषिमा आधुनिकिकरण गर्दै सिप सिकाउने उदेश्यका साथ स्थानिय कृषकहरुलाई पालिकाबाट छनौट गरी दक्षिण कोरिया पठाईने भएको हो । ३० देखि ५५ वर्ष उमेर समूहका महिला पुरुष दुबैलाई छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्ने योजना रहेको छ । उक्त सम्झौताअनुसार करार अवधि पाँच महिनाको हुने र न्यूनतम् मासिक तलब २ लाख सम्म रहेको बताइएको छ ।

नेपाल कल्चरसेन्टर कोरियाका पदाधिकारीलाई नगरपालिकामा स्वागत गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले स्थानिय कृषकलाई नयाँ कृषि प्रबिधिका बिषयमा जानकारी गराउन ,कोरियाको सीप र प्रविधिलाई स्वदेश भित्र्याउन स्थानीय कृषकलाई त्यहाँ पठाइने बताउनुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल कल्चरसेन्टर कोरियाका डाईरेक्टर हन क्यूहोले कृषि संगै संस्कृति संरक्षण गर्ने मूख्य उद्देश्य रहेको बताउदै कोरियाको सिपलाई स्वादेशमा ल्याउने रहेको बताउनुभयो । यसरी स्थानिय कृषकलाई कोरिया पठाएर कृषि क्षेत्रमा फड्को मार्नुका साथै कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनीकरण गर्न सकिने यस कार्यक्रमबाट नगरपाकिलाले बिश्वास लिएको छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगरउपप्रमुख चक्रपाणी अर्यालले केही समयका लागि कृषक विदेश गएर त्यहाँको सीप र प्रविधिसित जानकार भएर आउने र सिकेर आएको सिपलाई स्वदेशमा आएर कृषिको बिकास र बिस्तारमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।कार्यक्रमको सहजिकरण गर्दैै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले दिगो आर्थिक विकास गर्नुका साथै बेरोजगारी समस्या केही हद सम्म हट्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल कल्चर सेन्टरका म्यानेजर चचुङगो ,मणि गौतम , सन्चारकर्मी जनप्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो । साथै अन्तक्रियामा कार्यक्रममा सहभागी भएका सबैले कृषकहरुको छनौट गर्दा निष्पक्ष भएर गर्न समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७८ मंगलबार ००:००  ७ : ०२ बजे