काठमाडौं ।
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू–भागहरूमा हुस्सुरकुहिरो लागेको जल तथा मौसम विभागले जनाएको छ ।
माघ २५ गते (मंगलबार) दिउँसो प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहने र प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ भने देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागको अनुुसार माघ २६ गते (बुधबार) दिउँसो सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
भोलि राती सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश नं १ को पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली तथा बाकी भू–भागमा आंशिक बदली रहनेछ। त्यस्तै, कर्णाली, सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश नं १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना विभागले जानकारी दिएको छ ।
यसैगरी, माघ २७ गते (बिहीबार) केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ । विभागको अनुुसार बिहीबार दिउँसो प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, बिहीबार राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशका तराई भू–भागहरुमा बिहानपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले आगामी २४ घन्टासम्म चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया