कपिलवस्तु ।
कपिलवस्तुबाट तस्करी हुन लागेको ५ टन केराउसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालभारत सीमा क्षेत्र अन्तर्गत यशोधरा गाउँपालिका-७ सीमा नजिकबाट यू.पी. ५५ टी २२९५ नम्बरको ट्रकमा अवैध ढङ्गबाट भारततर्फ लाने तयारी गरिएको एक ट्रक केराउ प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले हिजोराति नेपालबाट सीमावर्ती भारतीय बजार इटवातर्फ जाँदै गरेको ट्रकलाई शङ्का लागेर जाँचगर्दा करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५ हजार किलोग्रामअवैध केराउ बरामद गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो।
पक्राउमा लिइएको ट्रक र केराउ प्रहरीले सुठौली भन्सार कार्यालय पठाएको छ । ट्रक चालक भारत सिद्धार्थनगर जिल्ला ग्राम इटवा बस्ने २७ वर्षीय धनप्रकाश अग्रहरीलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया