एजेन्सी ।
बिस्थापितहरु बसेको सिरियाको उत्तर–पश्चिमी क्षेत्रको शिविरमा चिसोका कारण दुई शिशुको ज्यान गएको छ ।
संयुक्त राष्ट्रसंघका अधिकारीले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार चिसोका कारण इड्लिब प्रान्तमा सात दिन र दुई महिनाका दुई बालिकाको मंगलबार ज्यान गएको हो ।
सो क्षेत्रमा तापक्रम न्यून छ भने हिउँ परेको छ । विपक्षीको नियन्त्रण रहेको क्षेत्रमा करिब २८ लाख मानिसले अस्थायी शिविरमा बस्दै आएका छन् । अधिकांश टेन्टमा बस्दै आएका छन्, तर उनीहरुसँग न्यानो लुगा छैन । यस्तै तातो बनाउनका लागि इन्धन पनि छैन ।
सिरियाको अर्थतन्त्र कमजोर रहेकाले शिविरको अवस्था चिन्ताजनक बनेको भन्दै संयुक्त राष्ट्रसंघले सहयोगका लागि आग्रह गरेको छ ।
प्रतिक्रिया