२६ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025

लुम्बिनी प्रदेशमा ३२ लाख ७३ हजारले लगाए कोरोनाविरुद्धको खोप



दाङ ।

लुम्बिनी प्रदेशमा अहिलेसम्म ३२ लाख ७३ हजार ३२९ जनाले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन्। स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा एक कार्यक्रम आयोजना गरी जनाएको हो।

तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन्। प्रदेशभर १२ वर्षमाथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको अनुमान छ। तीमध्ये एक दशमलब ८१ प्रतिशत अर्थात् दुई हजार ४११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेशमा अहिले सात हजार ६४१ जना सक्रिय संक्रमित छन्। तीमध्ये १३१ जना अक्सिजनसहितको उपचारमा, २१ जना आइसीय्, दुई जना भेन्टिलेटर र अन्य बिरामी घरमै रहेका छन्।

लुम्बिनीमा ११ लाख चार हजार ३५२ डोज खोप आवश्यक रहेको र अहिले १० लाख ८३ हजार ४७७ डोज खोप मौज्दात रहेको मन्त्रालयका सचिव डा। विकास देवकोटाले जानकारी दिए।

कोरोना संक्रमण यता लुम्बिनी प्रदेशमा करिब ७ लाख जनाको कोरोना जाँच भएको र तीमध्ये एक लाख ३३ हजार ७६६ जना संक्रमित भएका थिए। प्रदेशभरको कुल जनसंख्याको १९ दशमलब १४ प्रतिशत नागरिक संक्रमित भएका छन्।

प्रकाशित मिति : १७ माघ २०७८ सोमबार ००:००  ३ : ०२ बजे